आज सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्थानीय बजारमा मंगलबार सुनको मूल्य प्रतितोला एक हजार रूपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार मंगलबार सुन प्रतितोला दुई लाख ५१ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार सुन प्रतितोला दुई लाख ५२ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो।मंगलबार चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले बढेको छ।सोमबार प्रतितोला तीन हजार पाँच सय ८५ रूपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार तीन हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार एक सय ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

  • २३ मंसिर २०८२, मंगलवार १३:१७ प्रकाशित