राप्रपाको विरोध कार्यक्रम आज

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले आज नवीन समझदारीका लागि दबाब दिन विरोध कार्यक्रम गर्दैछ ।

काठमाडौँको शान्तिबाटिकामा पार्टीले राजसंस्था पुनर्स्थापना, हिन्दु राज्यको माग गर्दै जनदबाब कार्यक्रम आयोजना गर्न लागेको हो ।

कार्यक्रम बिहान ११ बजे रत्नपार्कस्थित शान्तिबाटिकामा हुनेछ । राप्रपाले राजनीतिक दल र जेनजीका बिच नवीन समझदारीका लागि दबाब दिने उद्देश्यले जनप्रदर्शन र वृहत् सभा कार्यक्रम गर्न लागेको हो ।

  • २३ मंसिर २०८२, मंगलवार १०:४२ प्रकाशित