नेकपाले पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कम्युनिस्ट पार्टीले आगामी पुस ५ गते काठमाडौँको भृकुटीमण्डपमा ‘एकता सन्देश सभा’ आयोजना गर्ने भएको छ।

पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको प्रदेश कार्यालयको बैठकले सो सभा आयोजना गर्ने निर्णय गरेको हो। यो सभा बागमती, सम्पर्क समन्वय र विशेष प्रदेशको आयोजनामा हुनेछ।

यसअघि मंसिर १७ गते तय गरिएको उपत्यका विशेषको बैठक स्थगित गरिएको थियो ।

  • २२ मंसिर २०८२, सोमबार १३:१७ प्रकाशित