पोखरा ।
आज (सोमबार) अमेरिकी डलरको भाउ स्थिर हुँदा युरो, पाउन्ड, कुबेती र बहराइन दिनासहितका मुद्राको भाउ घटेको छ । तर, अस्ट्रेलियन डलरसहित केही मुद्राको भाउ भने थप महँगिएका छन् ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिदर १४३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा छ। हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो ।
यही मंसिर १८ गते अमेरिकी डलर १ को खरिदर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा पुगेको थियो । अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो ।
त्यसैगरि आज युरो १ को खरिदर १६७ रुपैयाँ २८ पैसा र बिक्रीदर १६७ रुपैयाँ ९८ पैसा छ। हिजो युरो १ को खरिदर १६७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ०४ पैसा थियो ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९१ रुपैयाँ ५३ पैसा र बिक्रीदर १९२ रुपैयाँ ३३ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९१ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९२ रुपैयाँ ३५ पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिदर ९५ रुपैयाँ ५० पैसा र बिक्रीदर ९५ रुपैयाँ ८० पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९५ रुपैयाँ २९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६९ पैसा थियो।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६८ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४७० रुपैयाँ ०१ पैसा छ । हिजो कुबेती दिनार १ को खरिदर ४६८ रुपैयाँ १४ पैसा र बिक्रीदर ४७० रुपैयाँ ०९ पैसा थियो ।
आज बहराइन दिनार १ को खरिदर ३८१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ७० पैसा छ । हिजो बहराइन दिनार १ को खरिदर ३८१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ७३ पैसा थियो ।















