१०२ वटा दल एक्लाएक्लै चुनाव लड्ने : १२ वटा दलले ५ संयुक्त चुनाव चिह्न प्रयोग गर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा १०२ वटा राजनीतिक दल एक्लाएक्लै चुनाव लड्ने भएका छन् ।

१२० वटा राजनीतिक दलले निर्वाचनमा भाग लिनको लागि निवेदन दिएकोमध्ये १०२ वटा दलहरूले एक्लाएक्लै निर्वाचनमा जानेगरि निवेदन दिएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

१२ वटा राजनीतिक दलहरूले भने संयुक्त रूपमा एकल चिह्न प्रयोग गरी निर्वाचनमा जानेगरि आयोगमा निवेदन दिएको उनले बताए । उनकाअनुसार १२ वटा राजनीतिक दलले विभिन्न समूह बनाएर ५ वटा चुनाव चिह्न प्रयोग गरी निर्वाचनमा भाग लिनेछन् ।

एकल चुनाव चिन्ह र संयुक्त चुनाव चिन्ह प्रयोग गरी ११४ वटा राजनीतिक दलले निर्वाचनमा भाग लिने आयोगका प्रवक्ता भट्टराईले जानकारी दिए । उनका अनुसार प्रतिनिधि सभा निर्वाचनमा ११४ वटा दल १०७ वटा चिन्हमार्फत निर्वाचनमा सहभागी हुनेछन् । आयोगले राजनीतिक दलहरूको निवेदन स्वीकृत गरिसकेको छ ।

  • २१ मंसिर २०८२, आईतवार १६:३८ प्रकाशित