बोन म्यारो पिडित तनहुँका पदम थापाले गरे सहयोगको याचना

केन्द्रभाग मिडिया

बिगत ९ महिना देखि उपचाररत तनहुँका बोन म्यारो पिडित पदम थापाले उपचारका लागि सहयोगको अपिल गरेका छन् ।

रोगबाट जीवन मरणको दोसाँधमा रहेका म्याग्दे गाउँपालिका–५ सिस्नेरी निवासी थापाले उपचारका लागी सहयोगको याचना गरेका हुन् ।बोन म्यारो रोगबाट ग्रसित उनले नेपालका बिभिन्न अस्पतालमा उपचार गराए पनि सफल हुन नसकेको र आफुसँग भएको चल अचल सम्पति उपचारका क्रममा खर्च भएको बताउँदै आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन् । हाल भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचाररत थापालाई बोन म्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने भएको छ ।

सोका लागि ठुलो रकम लाग्ने र उक्त रकम जुटाउन समस्या भएपछि थापाको परिवार नै चिन्तित बनेको छ । सहयोग जुटेमा उपचार सफल हुने र आफुले नयाँ जीवन पाउने भन्दै उनले जीवन बचाउँने कार्यमा सहयोग गरिदिन अनुरोध गरे । पिडितका परिवारले सहयोगको अपेक्षा सहित पोखराको नयाँ बजारमा रहेको माछापुच्छ्रे बैंकमा पदम थापाको नाममा खाता समेत संचालन गरेका छन् ।

उनी विगत १२ वर्षदेखि बतास अर्गनाइजेसनको त्रिथुङ्गा ट्रेडिङ प्रालि, नयाँबजारमा बजार प्रतिनिधिको रूपमा कार्यरत रहेका छन् ।

  • २१ मंसिर २०८२, आईतवार १५:५७ प्रकाशित