पोखरा ।
आज आइतबार अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, कुवती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ स्थिर छ । हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, बहराइन दिनारसहितका केही विदेशी मुद्राको भाउ बढेको थियो भने युरो, पाउन्ड, कुवेती दिनारसहितका मुद्राको भाउ घटेको थियो ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिदर १४३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४४ रुपैयाँ २८ पैसा छ ।
त्यसैगरि आज युरो १ को खरिदर १६७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६८ रुपैयाँ ०४ पैसा छ । आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९१ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९२ रुपैयाँ ३५ पैसा छ ।
आज अस्ट्रेलियन डलर १ को खरिदर ९५ रुपैयाँ २९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६९ पैसा छ । त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६८ रुपैयाँ १४ पैसा र बिक्रीदर ४७० रुपैयाँ ०९ पैसा छ ।
आज बहराइन दिनार १ को खरिदर ३८१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ७३ पैसा छ ।















