जेनजी आन्दोलनपछि देउवा र ओलीबीच पहिलो भेट

केन्द्रभाग मिडिया

 

काठमाडौं।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच गत भदौ २३ र २४ को जेनजी आन्दोलन पछि आज पहिलो भेटवार्ता भएको छ । ओली देउवालाई भेट्न देउवा निवास महाराजगञ्ज पुगेका छन् ।

शुक्रबार दिउँसो ओली देउवा भेट्न महाराजगञ्ज पुगेका कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उनीहरुबिच पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भइरहेको नेताहरुको सचिवालयले जनाएको छ ।

 

 

  • १९ मंसिर २०८२, शुक्रबार १६:३२ प्रकाशित