मधेसमा कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति

केन्द्रभाग मिडिया

काठमाडौं।

मधेस प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलबिच सहमति भएको छ ।शुक्रबारको सात दलको बैठकमा यादवलाई मुख्यमन्त्री बनाउने सहमति भएको हो ।

केहीबेरमा सात दलका नेताहरु प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष पुगेर दाबी पेस गर्ने तयारी रहेको लोसपा संसदीय दलका नेता जयनुल रायनले जानकारी दिए ।

सात दलमा नेपाली कांग्रेस, माओवादी, नेकपा ९एकीकृत समाजवादी०, जसपा नेपाल, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।

  • १९ मंसिर २०८२, शुक्रबार १६:०५ प्रकाशित