काठमाडौं।
प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको निर्वाचन आयोग र राजनीतिक दलका प्रतिनिधिहरूको छलफलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र केन्द्रीय सदस्य पुष्पा भुसाल सहभागी हुने भएका छन् ।
शुक्रबार अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने छलफलमा पार्टीका तर्फबाट महामन्त्री थापा र केन्द्रीय सदस्य भुसाल जाने निश्चित भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कांग्रेसले निर्वाचन आयोग हेर्ने जिम्मेवारी भुसाललाई दिएको छ । निर्वाचन आयोगसहितको छलफल भएकाले भुसाललाई पठाउन लागिएको मुख्यसचिव पौडेलले जानकारी दिए ।
प्रधानमन्त्री कार्कीले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन र माघ ११ गतेका लागि तोकिएको राष्ट्रियसभा निर्वाचनका बारेमा छलफल गर्न आयोग र दलका प्रतिनिधिलाई सँगै छलफलमा बोलाएकी हुन् ।















