प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय वैठक आह्वान

केन्द्रभाग मिडिया

काठमाडौं ।

आसन्न प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीले आज सर्वपक्षीय बैठक आह्वान गरेकी छन् । बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको हो ।

बैठकमा राजनीतिक दल, जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायतलाई आमन्त्रण गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सरकारले २१ फागुनका लागि निर्वाचनको मिति तय गरेको छ ।

निर्वाचनका लागि वातावरण तयार गर्न प्रधानमन्त्री कार्की सक्रिय रूपमा लागेकी छन् ।

  • १९ मंसिर २०८२, शुक्रबार १०:०७ प्रकाशित