काठमाडौं ।
एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुण्डुमा बनाउन सुरु भएको निवास निर्माणको शिलान्यास भएको छ । ओली पत्नी राधिका शाक्यले ‘ओली कुटी’ नाम दिइएको निवासको बिहीबार शिलान्यास गरेकी हुन् ।
जेनजी आन्दोलनका क्रममा बालकोट निवासमा आगजनी भएपछि ओली भक्तपुरको गुण्डुमा भाडाको घरमा बस्दै आएका छन् । अहिले ओली बस्दै आएको घर नजिकै करिब एक रोपनी क्षेत्रफलमा ‘ओली कुटी’ निर्माण हुन लागेको हो ।















