अध्यक्षमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले ११औं महाधिवेशनबाट पनि अध्यक्षमा केपी शर्मा ओलीले नै दोहोरिने दाबी गरेका छन् । साथै उनले एमालेभित्र अहिले अध्यक्ष ओलीको विपक्षमा उभिनुपर्ने जरुरी नरहेको समेत दाबी गरे ।

पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलप्रति लक्ष्य गर्दै उपमहासचिव रिमालले अध्यक्ष बन्ने इच्छा राख्न पाइने बताए । तर, पार्टी कमिटीले गरेका निर्णय मान्नु अनिवार्य रहेको तर्क रिमालको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा ११औं महाधिवेशनको तयारीबारे आयोजित पत्रकार सम्मेलनमा रिमालले भने, ‘नेकपा एमालेमा अहिले अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा कोही उभिनुपर्ने जरुरी म देख्दिन । छैन, विभिन्न नेताहरूले यो पदमा उठुँ कि त्यो पदमा उठुँ कि भनेर इच्छा व्यक्त गर्नुभएको छु, पाइन्छ त्यो अधिकार हो, इच्छा व्यक्त गर्ने, कमिटीको, बैठकमा पनि मजासँग कुरा राख्नेकुरा राख्ने तर, जे निर्णय हुन्छ त्यसलाई बोकेर हिँड्ने हामीले विधि बनाएका छौं ।’

रिमालले महाधिवेशन सम्पन्न हुँदासम्म एमालेमा देखिएको दुई धार अन्त्य हुने समेत दाबी गरे ।

एमालेको आसन्न महाधिवेशनमा अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलले आ–आफ्नो समूह बनाएर अघि भिड्न लागेको चर्चाबीच रिमालले त्यसले फरक नपार्ने जिकिर गरे ।

  • १८ मंसिर २०८२, बिहीबार १६:१४ प्रकाशित