आज सुनचाँदीको भाउमा गिरावट

केन्द्रभाग मिडिया

काठमाडौं ।

सुनको भाउ आज (बिहीबार) घटेको छ । हिजो (बुधबार) प्रतितोला २ लाख ५४ हजार १ सय रुपैयाँ रहेको सुनको भाउ आज घटेर २ लाख ५३ हजार ३ सय रुपैयाँमा झरेको हो । आज तोलामा आठसय रुपैयाँ  घटेको हो ।

सुनको भाउ यसअघि ३१ असोजमा हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

आज चाँदीको भाउ पनि घटेको छ । चाँदी प्रतितोला ३० रुपैयाँ घटेर चाँदीको भाउ आज तोलाको तीन हजार ६ सय २५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

  • १८ मंसिर २०८२, बिहीबार १२:०८ प्रकाशित