थप महंगो भयो अमेरिकी डलर, सबैजसो विदेशी मुद्राको भाउमा उच्च बृद्धि

केन्द्रभाग मिडिया

पोखरा ।

आज पनि अमेरिकी डलरको भाउ बढेको छ । हिजो हालसम्मकै सबै भन्दा उच्च बनेको अमेरिकी डलरको आज झन्  हँगो भएको हो । त्यसैगरि आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ पनि उच्च दरमा बढेको छ ।

आज अमेरिकी डलर १ को खरिदर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा छ । अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो ।

हिजो अमेरिकी डलर १ को खरिदर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा थियो । त्यसैगरि आज युरो १ को खरिदर १६७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६५ पैसा छ। हिजो युरो १ को खरिदर १६६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६७ रुपैयाँ २७ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९१ रुपैयाँ ४३ पैसा र बिक्रीदर १९३ रुपैयाँ २३ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १८९ रुपैयाँ १४३ पैसा र बिक्रीदर १९० रुपैयाँ २२ पैसा थियो ।

आज अस्ट्रेलियन डलर १ को खरिदर ९४ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९५ रुपैयाँ २६ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ३६ पैसा थियो ।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४७१ रुपैयाँ ३४ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४६७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ४६९ रुपैयाँ ४१ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिदर ३८१ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ५७ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३८० रुपैयाँ ६४ पैसा र बिक्रीदर ३८२ रुपैयाँ २३ पैसा थियो ।

  • १८ मंसिर २०८२, बिहीबार ०८:५९ प्रकाशित