नागरिक उड्ययन प्राधिकरणका पूर्वनिर्देशक मुरारी भण्डारी पनि पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं।

अख्तियारले नागरिक उड्ययन प्राधिकरणका पूर्वकर्मचारी मुरारी भण्डारीलाई पनि पक्राउ गरेको छ । भण्डारी क्यानका पूर्वनिर्देशक हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई पक्राउ गरेर विशेष अदालतमा उपस्थित गराएको अख्तियारका एक जना आयुक्तले जानकारी दिए । भक्तपुरको नलिन्चोकमा हेलिप्याड निर्माणमा उनीहरुले अनियमितता गरेको अख्तियारको अनुसन्धान निष्कर्ष छ ।

दुवै जनालाई अहिले बबरमहलस्थित विशेष अदालतमा उपस्थित गराइएको छ । उनीहरु विरुद्ध आज अभियोग पत्र दायर गरिने अख्तियार स्रोतले जनाएको छ ।

  • १७ मंसिर २०८२, बुधबार १४:४६ प्रकाशित