काठमाडौं।
खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल उज्यालो नेपाल पार्टीको चिह्नबाट निर्वाचनमा भाग लिने सहमतिबाट अलग भएको छ ।
मंसिर १० गते कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको बलेको चिम चिह्न लिएर निर्वाचनमा भाग लिने दुई पार्टीबिच सहमति भएको थियो । तर कानुनी झमेला हुने भएकाले पूर्वसहमतिबाट अलग भएको केन्द्रीय सदस्य प्रेमनारायण विकले बताए । उनका अनुसार मंसिर १४ गते नै पार्टीले आयोगलाई जानकारी गराइसकेको छ ।
‘हामीले एकत चुनाव चिह्न लिने सहमति गरेको हो । तर पछि कानुनी झमेला हुने देखिएपछि सहमतिबाट अलग भयौँ । एउटै चुनाव चिन्ह प्रयोग गर्दा पार्टीको अस्तित्व नै नरहने रहेछ । अब हामी आफ्नै पार्टीको चिन्हमा निर्वाचनमा भाग लिन्छौँ । दुई पार्टीबिच चुनाव तालमेल हुन्छ’, विकले भने ।















