अमेरिकी डलरको भाउ हालसम्मकै महंगो

केन्द्रभाग मिडिया

पोखरा ।

आज (बुधबार) अमेरिकी डलरको भाउ हालसम्मकै सबै भन्दा उच्च बनेको छ । त्यसैगरि अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ बढेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिदर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा छ । हिजो अमेरिकी डलर १ को खरिदर १४२ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५८ पैसा थियो ।

यही मंसिर ८ गते अमेरिकी डलर १ को खरिदर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा पुगेर फेरि घटेको थियो।

त्यसैगरि आज युरो १ को खरिदर १६६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६७ रुपैयाँ २७ पैसा छ । हिजो युरो १ को खरिदर १६६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६७ रुपैयाँ ०१ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८९ रुपैयाँ १४३ पैसा र बिक्रीदर १९० रुपैयाँ २२ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १८९ रुपैयाँ १६ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९६ पैसा थियो । आज अस्ट्रेलियन डलर १ को खरिदर ९३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ३६ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९४ रुपैयाँ ०७ पैसा थियो ।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ४६९ रुपैयाँ ४१ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४६५ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४६७ रुपैयाँ ९३ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिदर ३८० रुपैयाँ ६४ पैसा र बिक्रीदर ३८२ रुपैयाँ २३ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३७९ रुपैयाँ २६ पैसा र बिक्रीदर ३८० रुपैयाँ ८५ पैसा थियो ।

  • १७ मंसिर २०८२, बुधबार ०७:२२ प्रकाशित