बाजुराको मार्तडी बजारमा आगलागी

केन्द्रभाग मिडिया

काठमाडौं ।

बाजुरा सदरमुकाम मार्तडी बजारमा आगलागी भएको छ । बजारको एक पसलमा लागेको आगो निभाउने प्रयास भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय बार्तडीका सूचना अधिकारी लक्ष्मीराज जोशीका अनुसार दिउँसो करिब १२स्२० बजेतिर आगलागी सुरु भएको हो ।दमकल नहुँदा आगो निभाउन समस्या भइरहेको छ । बजारवासीले प्रहरीको सहयोगमा स्थानीय स्रोत साधन प्रयोग गरी आगो निभाउने प्रयास गरिरहेका छन् ।

आगलागीको कारण खुलेको छैन ।

  • १६ मंसिर २०८२, मंगलवार १४:४४ प्रकाशित