पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक

केन्द्रभाग मिडिया

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक परेको छ।श्रेष्ठका बुवा पूर्वन्यायाधीश कुलबहादुर श्रेष्ठको मंगलबार बिहान ९५ वर्षको उमेरमा निधन भएको हो ।

श्रेष्ठ निकट सन्तोष गिरीले श्रेष्ठका बुबाको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको जानकारी दिए ।

उनको आजै दिउँसो पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ।

  • १६ मंसिर २०८२, मंगलवार १४:२३ प्रकाशित