घनश्याम भुसाल नेतृत्वको नेकपा (संयुक्त) को विशेष राष्ट्रिय सम्मेलन माघ ३ र ४ गते

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

घनश्याम भुसाल नेतृत्वको नेकपा (संयुक्त) आगामी माघ ३ र ४ गते विशेष राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।

पार्टी एकतापछि आइतबार बसेको पहिलो संयुक्त बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक अध्यक्ष भुसालले माघमा विशेष सम्मेलन गर्ने निर्णय गरेको बताएका हुन् ।

सम्मेलनले पार्टीको अन्य दस्तावेज र विधानहरू ल्याउने पनि भुसालको भनाइ छ । त्यस्तै बैठकले घनेन्द्र बस्नेत, कृष्णप्रसाद भण्डारी, खेमबन्धु कोइरालालाई वरिष्ठ नेतामा मनोनयन गरेको छ ।

बैठकले चार जनाको दस्ताबेज मस्यौदा कमिटी गठन गरेको सो पार्टीले जनाएको छ । मस्यौदा कमिटीमा घनश्याम भुसाल, केदार शर्मा, विजय पौड्याल र डम्बर बुढाथोकी रहेका छन् ।

  • १५ मंसिर २०८२, सोमबार १५:०९ प्रकाशित