पोखरामा लागुऔषधसहित २ युवक पक्राउ

केन्द्रभाग मिडिया

पोखरामा लागुऔषधसहित २ युवक पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर २१ कृष्टि मनकामना मन्दिर आसपास लागू औषध बिक्रीवितरण भएको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले २ युवकलाई पक्राउ गरेको जानकारी दिएको छ ।

पक्राउ पर्नेमा स्याङ्जा विरुवा गा।पा।२ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं १७ बस्ने वर्ष १८ को दिपेश गुरुङ र र सोही स्थानमा बस्ने वर्ष २६ को सुनिल पौडेल रहेको प्रहरीले जनाकारी दिएको छ ।

उनीहरुको साथबाट लागू औषध डाईजापाम २० एम्पुल, फेनेरागन २५ एम्पुल र ब्रुफिनुर्फिन २५ एम्पुल गरी जम्मा ७० एम्पुल र मोवाईल २ थान समेत बरामद भएको सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

उनीहरुमाथि लागू औषध सम्बन्धी कसूरमा ६ दिन म्याद थप गरी अनुसन्धान अगाडी बढाईएको प्रहरीले बताएको छ ।

  • १४ मंसिर २०८२, आईतवार १७:२७ प्रकाशित