प्रचण्डको चेतावनी : भने,‘जनता नजागे देशमा पुन संकट आउनसक्छ

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता नजागे देशमा पुनस् संकट आउनसक्ने बताएका छन् । आइतबार पोखरामा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

देशमा जनता संगठित र सचेत नभए पुनस् ठूलो संकट उत्पन्न हुने चेतावनी उनको थियो ।यदि जनता जागरुक भएनन्, राष्ट्रियताको भावना बलियो बनाएनन् भने देशमा फेरि संकट आउनसक्छ,’ प्रचण्डले भनेका छन् ।

साथै, उनले मुलुक गम्भीर राष्ट्रिय संकटमा रहेकाले त्यसबाट मुक्त गर्नुपर्ने बताए । देशको राष्ट्रिय स्वाधिनता र सुरक्षा कमजोर बन्दै गएकाले सम्पूर्ण देशभक्त, वामपन्थी र कम्युनिस्ट शक्तिहरू एक जुट हुनु अत्यावश्यक भएको प्रचण्डको भनाइ छ ।

  • १४ मंसिर २०८२, आईतवार १६:३२ प्रकाशित