गोरखाबाट नारायणगढतर्फ जान लागेको यात्रुवाहक बस दुर्घटना

केन्द्रभाग मिडिया

गोरखाबाट नारयणगढतर्फ जान लागेको यात्रुवाहक बस दुर्घटनामा परेको छ ।

आइतबार दिउँसो ना ४ ख १४१९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाले बताएको छ । आँबुखैरेनी-गोरखा सडक खण्डको १२ किलो भन्ने ठाउँमा बस रोकिरहेको थियो ।

प्रहरीका अनुसार, बस रोकिरहेको ठाउँबाट केही तल झरेको हो ।रोकिरहेको ठाउँबाटै बस गुडेर केही मिटर मात्रै तल झरेको प्रहरीले बताएको छ ।प्रहरीका अनुसार, बसमा करिब २० जना सवार थिए ।

घाइतेमध्ये एक जनालाई चितवन लगिएको छ भने अन्य घाइतेलाई त्यहीँ स्थानीय अस्पतालमा उपचार गराइएको छ ।

  • १४ मंसिर २०८२, आईतवार १४:१२ प्रकाशित