नेपाली कम्युनिष्ट पार्टीले आज पोखरामा सन्देश सभा गर्दै

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज आइतबार गण्डकी प्रदेशको राजधानी एवं देशकै पर्यटकीय राजधानी पोखरामा एकता सन्देश सभा गर्दैछ । सभामा पूर्वप्रधानमन्त्री त्रयसहितका नेताहरुले सम्बोधन गर्ने जनाइएको छ । संयोजक एवं पूर्वप्रधानमन्त्री प्रचण्ड, सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेता भीम रावललगायतका नेताले सभामा सम्बोधन गर्ने कार्यक्रम छ ।

सभामा झण्डै २० हजार नेता कार्यकर्तासहित जनता उपस्थित हुने नेपाली कम्युनिष्ट पार्टी गण्डकीले दाबी गरेको छ । नेकपाले यस्तै, सोमबार कोशीको विराटनगरमा, १८ मंसिरमा कर्णालीको सुर्खेतमा, २० मंसिरमा मधेशको जनकपुरमा र २३ मंसिरमा बागमतीको हेटौँडामा सभा गर्ने मिति सार्वजनिक गरेको छ ।

२९ मंसिरमा देशभरका पालिकामा एकता सन्देश सभा गर्ने तयारीमा नेकपा छ । यसअघि नेकपाले शनिबार लुम्बिनी प्रदेशको दाङ देउखुरीमा र शुक्रबार सुदूरपश्चिमको धनगढीमा एकता सन्देश सभा गरेर प्रदेशस्तरमा पार्टीको सन्देश प्रवाह गरेको छ ।

  • १४ मंसिर २०८२, आईतवार ०९:२१ प्रकाशित