जेनजी आन्दोलनपछि आत्मसमीक्षा गरेरै पार्टी एकता गरेका हौं : प्रचण्ड

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले जेनजी आन्दोलनपछि आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता महसुस गर्दै एकता पार्टी एकता गरेको बताएका छन् ।

दाङको देउखुरीमा आयोजित एकता सन्देशसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टी एकता सन्देश सभालाई आत्मसमीक्षा सभाको संज्ञा समेत दिए ।

‘हामीले अझ गम्भीर रूपले आत्मसमीक्षा गर्नुपर्ने, आफूलाई सच्याउनुपर्ने र युवाहरूको भावना, मानसिकता र चाहना अनुसार नेपाली जनताको आवश्यकता र चाहनाअनुसार आफैंलाई बदल्नु पर्ने ऐतिहासिक आवश्यकता हामीलाई महसुस भयो, जेनजी आन्दोलनपछि अत्मसमीक्षा गरेर हामीले पार्टी एकतागरेका हौं’ उनले भने ।

संयोजक प्रचण्डले अहिले पार्टी एकता हठात्मा नभएको टिप्पणी गरे । माधव नेपालसंग ४० वर्षदेखिको सहकार्य भन्दै उनले अठात्मा पार्टी एकता नभएको प्रष्टिकरण दिए ।

‘संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणको प्रक्रियामा पनि हामीले सहकार्य गर्यौं, हाम्रो संवाद, सहकार्य आजको होइन, केही महिना अगाडि, केही वर्ष अगाडिको मात्रै होइन, झण्डै ४०–४१ वर्ष अगाडिदेखि लगातार भएका सहकार्य, संवाद र आन्दोलनका बीचबाट एकताको एउटा नयाँ परिस्थिति सिर्जना भएको हो, हठात् भएको कसैलाई लागेको छ भने त्यो हैन,’ उनले भने ।

 

  • १३ मंसिर २०८२, शनिबार १७:४२ प्रकाशित