काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्रको विवाद समाधान गर्न शीर्ष नेताहरुसंग आज पनि छलफल गर्र्दैछन् । उनले आज दिउँसो २ बजे महाराजगन्जस्थित निवासमा छलफल गर्न लागेको एक नेताले जानकारी दिए ।
छलफलमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सहभागी हुँदै छन् । देउवाले बिहिबारदेखि नै निरन्तर खड्का र महामन्त्रीद्वयसँग छलफल गरिरहेका छन् । यद्यपि कुनै सहमति जुट्न सकेको छैन ।
हिजोको छलफलमा चुनावअघि महाधिवेशनको विपक्षमा उभिएका आफूनिकट नेताहरू कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिलाई पनि बोलाएर छलफल गरेका थिए ।
महाधिवेशनको मितिमा सहमति नजुट्दा कांग्रेसको केन्द्रीय समिति बैठक पटक पटक सार्दै आइरहेको छ । अब अर्को बैठक भोलि दिउँसो २ बजेका लागि बोलाइएको छ ।















