साताको अन्तिम दिन आज सुनको भाउ बढ्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्थानीय बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला दुई हजार दुई सय रूपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार शुक्रबार सुन प्रतितोला दुई लाख ५० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार सुन प्रतितोला दुई लाख ४८ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।शुक्रबार चाँदीको मूल्य भने तोलामा ६५ रूपैयाँले बढेको छ।

बिहीबार तीन हजार दुई सय ८० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तीन हजार दुई सय ८० रूपैयाँमा भइरहेको छ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार एक सय ७१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

  • १२ मंसिर २०८२, शुक्रबार ११:०८ प्रकाशित