काठमाडौं।
साताको अन्तिम दिन सेयर बजार परिसूचक (नेप्से) दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज परिसूचक नेप्से बिहीबार १०.४३ अङ्कले बढेर २६७६।०३ विन्दुमा पुगेको हो। बुधबारको तुलनामा ०.३९ प्रतिशतको वृद्धि हो ।
आजको बजारमा कारोबार रकम स्थिर देखिएको छ। बजारमा आज ३३३ कम्पनी १ करोड ४६ लाख कित्ता सेयर खरिदबिक्री भई ६ अर्ब ६६ करोडको कारोबार भएको छ ।
आज कारोबारमा आएका कम्पनीमध्ये १३१ कम्पनीको सेयर मूल्य बढेको छ। १२१ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ बजारमा सागर डिस्टिलरीको मूल्य १० तथा स्वस्तिक लघुवित्त, झापा इनर्जी र आत्मनिर्भर लघुवित्तको मूल्य ९.९९ प्रतिशतले बढेरको छ । त्यस्तै एनआरएनको सेयर मूल्य पनि ९.६२ प्रतिशतले बढेको छ।















