काठमाडौं ।
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको मधेस प्रदेशका अध्यक्ष अशोककुमार यादवले राजीनामा दिएका छन् ।
उनले आज जसपाको अध्यक्षसमक्ष साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् । वर्तमान राजनीतिक अवस्थामा देश र मधेसको विकास तथा अधिकारको रक्षा मधेस केन्द्रित दलहरूबाट सम्भव नहुने भन्दै उनले जसपाबाट राजीनामा दिएका हुन् ।
उनले राजीनामा पत्रमा भनेका छन्, ‘मधेसी जनअधिकार फोरम नेपाल बाट राजनीति सुरु गरी हाल जनता समाजवादी पार्टीसम्म आउँदा सधैँ अन्याय, अत्याचार, शोषण तथा विभेदविरुद्ध अबाज उठाउँदा कैयन पटक थुना, जेल र मुद्दा मामिलाहरू भोग्दै आफ्नो ज्यान समेतको प्रवाह नगरेको म आज मितिबाट सम्हाल्दै आएको पार्टीको जिम्मेवारी तथा पार्टीको धारण सदस्य समेतबाट राजीनामा गर्दछु ।’
जसपाका उपाध्यक्ष राजेन्द्र श्रेष्ठको नेतृत्वमा केही नेताहरू आजै नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्न लागेका छन् ।















