सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले बलिङ गर्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा सुदूरपश्चिमले टस जितेर बलिङ रोजेको छ ।

सदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिले बलिङ रोजेपछि लुम्बिनी लायन्सले ब्याटिङ सुरु गरेको छ ।

आज लुम्बिनी लायन्सले एक परिवर्तन गरेको छ । विदेशी खेलाडी जेजे स्मिथको स्थानमा लुम्बिनीले थोमस ड्राकालाई खेलाएको छ ।सुदूरपश्चिम रोयल्सले भने अघिल्लो खेलबाट कुनै पनि परिवर्तन गरेको छैन ।

अंकतालिकामा हाल सुदूरपश्चिम रोयल्स ३ खेलमा ६ अंकसहित शीर्षस्थानमा छ भने लुम्बिनी लायन्स ३ खेलमा २ अंकसहित छैटौं स्थानमा छ ।दुई टोलीबीच गत संस्करण भएको खेलमा सुदूरपश्चिम विजयी भएको थियो ।

  • ११ मंसिर २०८२, बिहीबार १२:३० प्रकाशित