काठमाडौं ।
हङकङको ताईपोमा भएको भीषण आगलागीमा परेर ज्यान गुमाउनेको संख्या ४४ पुगेको छ । स्थानीय मिडियाहरूमा उल्लेख भएअनुसार आगलागीमा परेर ४५ जना गम्भीर घाइते भएका छन् । घटनास्थलमा २७९ जना अझै बेपत्ता छन् ।
आगलागीमा परेर घाइते भएका २९ जनालाई अस्पताल भर्ना गरिएको छ । भर्ना गरिएकामध्ये सात जनाको अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन् । भवनहरूको मर्मतसम्भारको जिम्मेवारी पाएका ठेकेदारका दुई निर्देशक र एक सल्लाहकारसहित तीन जनालाई भवन नर्मिाणमा गम्भीर लापरवाही गरेको आरोपमा पक्राउ गरिएको छ ।
उनीहरूले स्काफोल्डिङको जालीमा बाँसजन्य सामग्री प्रयोग गरेको र स्टाइरोफोमले झ्यालहरू बन्द गरेको आरोप छ । जसले गर्दा आगलागी सुरु भएको र आगो द्रुत गतिमा फैलिएको अधिकारीहरूको प्रारम्भिक निष्कर्ष छ ।
आगलागी भएका भवनमा ठूलो संख्यामा मानिसको बसोबास थियो। हङकङ समयअनुसरा बिहीबार बिहान ३ बजेसम्ममा नौसय भन्दा बढी बासिन्दालाई आगलागी भएको भवनबाट सामुदायिक हलहरूमा आश्रय दिइएको छ ।














