काठमाडौं ।
पोखरामा पनि त्रिभुवन विश्वविद्यालय (त्रिवि)को पठनपाठन सुरु हुने भएको छ ।
बुधबार सो विश्वविद्यालयका उपकुलपति प्रा। डा। दीपक अर्यालले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको हो । गण्डकी प्रदेश र त्यसको सेरोफेरोलाई पनि हुने गरी यस वर्ष पोखरामा सो विश्वविद्यालयको पठनपाठन हुने गरी पोखरामा त्रिविको च्याप्टर स्थापना गर्न लागिएको बताए ।
‘यस पटकको नीति तथा कार्यक्रममा पोखरालाई प्रादेशिक च्याप्टरको रुपमा एउटा टियू च्याप्टर गण्डकी प्रदेश र सेरोफेरो कतिलाई छुनसक्छ । अर्को हप्तामा हामी स्थलगत निरीक्षणमा गएर त्यहाँ कतिवटा क्याम्पसहरू रहेका छन् रु कतिलाई ओगट्न सकिन्छ रु त्यो क्षेत्रमा विद्यार्थीले पाउने सुविधा काठमाडौं आउन नपर्ने गरी कति भौतिक पूर्वाधार चाहिन्छ रु,’ उनले भने ।
उनले सञ्चारकर्मीहरूमाझ त्रिविको पठनपाठनका लागि काठमाडौंमा नै आउनुपर्ने बाध्यात्मक अवस्थालाई अन्त्य गर्न पनि पोखरामा त्यसको च्याप्टर तत्काल स्थापना गर्न लाग्ने र सबै प्रदेशमा त्यसलाई सञ्चालनमा ल्याउने नीति तथा कार्यक्रम रहेको स्पष्ट पारे ।
त्रिवि पुनर्संरचना गर्ने सरकारको नीति अनुसार सो काम गर्न लागिएको पनि उपकुलपति अर्यालले बताए ।














