पोखरा ।
पोखरामा ब्राउनसुगरसहित १ युवक पक्राउ परेका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर १ बगर बस्ने वर्ष २८ का मनोज श्रेष्ठ ब्राउनसुगरको कारोबार गरेको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
पोखरा वडा नम्बर २६ कालिकचोकमा लागूऔषध बिक्री भइरहेको सुचनाको आधारमा मनोजलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । मंसिर ८ गते सोमबार साँझ ५ बजेको समयमा मनोजले चलाएको ग २५ प १९२१ नम्बरको मोटरसाइकल रोकि चेक गर्दा उनले लगाएको ज्याकेटमा प्लाष्टिकमा पोको पारी लुकाई छिपाई राखेको अवस्थामा १.३ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
उनीमाथि १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतले बताए ।














