काठमाडौं ।
नेप्से परिसूचक सामान्य अङ्क बढेर बन्द भएको छ । निरन्तर दुई दिन बढेको नेप्से मंगलबार पनि ५.३२ अङ्क बढेर २ हजार ६५५.९९ विन्दुमा पुगेको छ ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.३९ अङ्कले बढेको छ भने फ्लोट इण्डेक्स ०.४० अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अङ्कले बढेको छ ।
आज कारोबारमा आएका ३१९ कम्पनीको १ करोड १९ लाख ७६ हजार कित्ता सेयर अर्ब ८२ करोड ३० लाख २८ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।
सोमबारको तुलनामा कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन ७ अर्ब रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको थियो ।
आज तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा झापा इनर्जी, सागर डिष्टिलरी र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। तर जोशी हाइड्रोपावरको सेयर मूल्य ४.९६ प्रतिशत घटेको छ ।
१३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ । जसमा ४ उपसमूहको परिसूचक घटेको छ।















