काठमाडौं ।
अन्तत : नेकपा एमालेले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गरेको छ ।
मंगलबार एमाले नेताहरु कान्तिपथस्थित निर्वाचन आयोग पुगेर प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका हुन् । एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले आफूहरू आयोगमा पुगेर दल दर्ता गरेको बताए ।
‘हामीले हाम्रो दल अद्यावधिक गर्यौँ, लोकतान्त्रिक पार्टी भएकाले एमाले आफुलाई लोकतान्त्रिक प्रक्रियामा सधै अपडेट गर्छौँ’, आचार्यको भनाइ छ । आजै एमालेले संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालतमा रिट समेत पेस गरेको छ ।















