३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक मेलाको तयारी तीव्र

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इनफोटेक मेलाको तयारी तीव्र रुपमा भइरहेको छ ।

यहि मंसिर १७ गते देखि २२ गतेसम्म हुने महोत्सव व्यवस्थापनका लागि उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीको अध्यक्षतामा सम्पादन समिति र उपसमिति गठन भएको आज पत्रकार सम्मेलनमार्पmत जानकारी दिइएको छ ।

पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा हुने महोत्सवको लागि स्टल बुकिङ तीव्र गतिमा अगाडि बढेको आयोजक पोखरा उद्योग वाणिज्य संघले बताएको छ ।

यसपटक ७८ सहित करिब १२० वटा मात्र स्टल रहने आयोजकले जनाएको छ। ‘लगानीको संर्वद्धन : उद्योग व्यवसायको प्रर्वद्धन’ नारासहित ५ दिनसम्म चल्ने मेला अवलोकनका लागि दर्शकलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको अध्यक्ष कार्कीले बताए ।

मेलाबाट ५० लाख आम्दानी हुने आयोजकको अनुमान रहेको छ भने ४५ लाख रुपैयाँ खर्च हुने बताइएको छ। ५ लाख बचत हुने अपेक्षा आयोजकको छ । बचत भएको उक्त रकम उद्यमशीलता प्रर्वद्धन गर्न तथा व्यवसायीहरुको क्षमता अभिवृद्धिको लागि खर्च गरिने आयोजकले बताएको छ।

मेलालाई विशुद्ध स्वदेशी उत्पादन तथा सेवाहरूको बजार पहिचान, प्रर्वद्धन तथा प्रचार–प्रसार,पोखराको पर्यटन र व्यापार प्रर्वद्धन, उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापना,पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रर्वद्धन तथा बजारीकरणमा सघाउ पु¥याउने उद्देश्यमा समर्पित गरिएको अध्यक्ष कार्कीको भनाइ छ ।

अध्यक्ष कार्कीले यो पटकको मेला गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र त्यही उपक्रममा भएको ध्वंशात्मक गतिविधिले पीडित निजी क्षेत्रलाई थोरै भए पनि ढाडस दिन,उद्योग-व्यवसायलाई पुनः लयमा फर्काउन एवं आम नगारिकको दुःख बिर्साउने उद्देश्यमा समर्पित रहेको बताए ।

  • ९ मंसिर २०८२, मंगलवार १५:४६ प्रकाशित