पोखरा ।
नेपालमा केई र फोर्थिङ इलेक्ट्रिक सवारीसाधनका अधिकृत वितरक लक्ष्मी ईमोबिलिटीले पोखराको बुद्धचोकमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । सोमबार लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक सुनिल श्रेष्ठले शोरुमको औपचारिक उद्घाटन गर्दै शोरुम सञ्चालनमा ल्याएका हुन् । उनले कम्पनीले पश्चिम क्षेत्रमा आफ्नो उपस्थितिलाई अझ मजबुत बनाउँदै आधुनिक, दिगो र प्रविधिमैत्री इलेक्ट्रिक सवारीसाधनलाई ग्राहकसम्म झनै नजिक ल्याएको बताए । बिक्रीसँगै बिक्री पछिको सेवा आफूहरुको प्राथमिकतामा रहेको उनले उल्लेख गरे ।
उद्घाटन समारोहलाई लक्षित गर्दै कम्पनीले विशेष ग्राण्ड ओपनिङ अफर घोषणा गरेको छ, जसअन्तर्गत विशेष नगद सुविधा, बोस ब्रान्डका इलेक्ट्रोनिक उपहार, एक वर्षको निःशुल्क अटो प्लस इन्सोरेन्स तथा रोड–ट्याक्स प्याकेज, साथै प्रत्येक बुकिङमा एक रातको आकर्षक स्टे–प्याकेजको व्यवस्था गरेको छ ।
कम्पनीका अनुसार नयाँ शोरुमले पोखराका ईभी प्रेमीलाई उच्चस्तरीय खरिद अनुभव दिलाउनेछ र वातावरणमैत्री गतिशीलताप्रति संगठनको प्रतिबद्धता अझ सुदृढ हुनेछ । दिगो मोबिलिटी प्रवद्र्धनका लागि लक्ष्मी ग्रुपले रिल्याक्स रिर्चाज नेटवर्क मार्फत देशभर ६३ भन्दा बढी चार्जिङ तथा सर्भिस स्टेशन विस्तार गरिसकेको छ, जसले ग्राहकलाई सहज चार्जिङ र मर्मत–सम्भार सेवा प्रदान गर्दै पूर्वाधारलाई मजबुत बनाइरहेको छ ।
बुद्धचोकस्थित यो शोरुमले प्रदेशमा बढ्दो ईभी मागलाई सम्बोधन गर्दै ग्राहकलाई नजिक र सुविधाजनक सेवा उपलब्ध गराउने महत्वपूर्ण कदमको रूपमा काम गर्ने अपेक्षा राखिएको छ ।















