धरहराबाट एक वर्षमा ७ करोड ८० लाख सङ्कलन

केन्द्रभाग मिडिया

काठमाडौं ।

एक वर्षमा धरहराबाट ७ करोड ८० लाख रुपैयाँ सङ्कलन भएको छ । ४ लाख १२ हजार जना नागरिकले धरहरा प्रवेश गरेबापत उक्त रकम सङ्कलन भएको धरहरा सञ्चालन इकाई कार्यालयका प्रमुख महेश राईले जानकारी दिए ।

२०८१ मङ्सिर ९ गतेदेखि सरकारले सशुल्क टिकट लिएर धरहरा चढ्ने व्यवस्था गरेको थियो । त्यसयता हालसम्म उक्त रकम सङ्कलन भएको उनले बताए ।

‘धरहरा प्रवेश गर्नेको सङ्ख्या सुरुवाती चरणमा भन्दा अहिले बढेको छ । पहिला १०ः३० बजेदेखि ४ बजेसम्म धरहरा प्रवेश समय थियो ।

साथै धरहरा प्रवेशमा ५० रुपैयाँदेखि १ हजार रुपैयाँसम्म शुल्क तोकिएको छ । जसमा धरहरा परिसरमा प्रवेशका लागि ५० रुपैयाँ, धरहरा चढ्न नेपाली नागरिकका लागि प्रतिव्यक्ति २०० रुपैयाँ तोकिएको छ ।

  • ७ मंसिर २०८२, आईतवार १५:२७ प्रकाशित