सामूहिक पहल नगरे देश थप संकटमा फस्न सक्छ : सन्तोष परियार

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रगतिशील लोकतान्त्रिक पार्टी  (प्रलोपा)का नेता सन्तोष परियारले राष्ट्रिय संकट समाधानका लागि सामूहिक पहल नगरै देश थप संकटमा फस्न सक्ने बताएका छन् । राष्ट्रिय सभा गृहमा आइतबार आयोजित एकता घोषणा सभामा बोल्दै परियारले देशलाई बचाउन सामूहिक पहल गर्नुपर्नेमा जोड दिए ।

‘लामो समयदेखि बहुदलीय प्रजातन्त्र र गणतन्त्रका लागि सङ्घर्ष गर्‍यौँ । हामीसँग अहिले चारवटा संकट छ । पहिलो राष्ट्रियताको संकट छ । जेनजी विद्रोहपछि राष्ट्रियता ठुलो संकट देखिन्छ । दोस्रो लोकतन्त्रमाथि संकट छ । संविधान प्रदत्त लोकतान्त्रिक अधिकार खोसिने हो कि भन्ने खतरा छ । अर्को संविधानमाथि पनि धेरै संकट छ । मुर्झाएको छ । यसको संरक्षण गर्नु आवश्यक छ । चौथो आर्थिक संकट गहिरिएको छ । संकटपूर्ण घडीमा हामीले सामूहिक बुद्धिमत्ता अपनाएनौँ भने यो देश थप संकटमा पर्न सक्छ’, उनले भने ।

सरकार र नागरिकबिच विश्वासको संकट गरिएकोप्रति चिन्ता व्यक्त गर्दै उनले आफ्नो पुस्ताको सबैभन्दा ठुलो चुनौती राज्यको गुमेको विश्वास फर्काउने रहेको बताए ।

राष्ट्रिय संकट समाधानका लागि नेसपा ९नयाँ शक्ति०, प्रगतिशील राष्ट्रिय अभियानसहित एकता भएर लोकतान्त्रिक पार्टी घोषणा गर्न लागिएको परियाले जिकिर गरे । संकटको घडीमा सबै वामपन्थी र लोकतान्त्रिक शक्तिलाई एक ठाउँमा आउन उनले आग्रह गरे ।

  • ७ मंसिर २०८२, आईतवार १४:२७ प्रकाशित