आइतबार सुन र चाँदी दुबैको भाउ बढ्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्थानीय बजारमा आइतबार सुन र चाँदी दुबैको भाउ बढेको छ । शुक्रबारको तुलनामा सुन प्रतितोला दुई हजार नौ सय रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सार्वजनिक गरेको मूल्य सूची अनुसार सुन प्रतितोला दुई लाख ४४ हजार छ सय रूपैयाँमा कारोबार भएको छ ।

शुक्रबार सुन प्रतितोला दुई लाख ४१ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।

आइतबार चाँदीको भाउ पनि ३५ रूपैयाँले बढेको छ । शुक्रबार तीन हजार एक सय रूपैयाँमा भएको कारोबार भइरहेको चाँदी आइतबार तीन हजार एक सय ३५ रूपैयाँमा कारोबार भइरेको छ । ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

  • ७ मंसिर २०८२, आईतवार ११:३० प्रकाशित