आज काठमाडौंमा शक्ति प्रर्दशन गर्दै एमाले

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेले प्रतिनिधिसभा विघटन विरुद्ध र सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक तवरले बनेको भन्दै त्यसको विरोधमा काठमाडौंमा वृहत जनप्रदर्शन र जनसभा मार्फत आज शक्ति प्रर्दशन गर्दैछ ।

बागमती प्रदेश कमिटीको आयोजनामा बिहान ११ बजे प्रदर्शनीमार्ग भृकुटीमण्डपमा शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा मार्फत एमालेले शक्ति प्रदर्शन गर्न लागेको हो ।

एमालेले पहिलो चरणमा गत कात्तिक २२ गते देशैभरका वडास्तरीय भेला गरेको थियो भने २५ गते अधिकांश पालिकाहरूमा जनप्रदर्शन र्‍याली गरेको थियो । यसैगरी कात्तिक २९ गते जिल्लास्तरीय प्रदर्शन र सभा गरेको एमालेले आज काठमाडौंमा वृहत प्रदर्शन गर्न लागेको हो ।

 

  • ६ मंसिर २०८२, शनिबार १०:०६ प्रकाशित