पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव बाटुलेचौरले निस्शुल्क आँखा जाँच शिविर गर्ने भएको छ ।
यही मङ्सिर ६ गते शनिबार क्लबको प्राङ्गणमा हुने निशुल्क आँखा जाँच शिविरमा बृहत मोतियाविन्दु भएकाको छनौट समेत गरिने क्लवका सूचना अधिकारी शिवराज देवकोटाले बताए ।
दृष्टि आँखा अस्पताल पोखरा –९, नयाँबजारको प्राविधिक सहयोगमा हुने शिविरमा आँखा सम्बन्धि सम्पूर्ण जाँच गराईने जनाउँदै शिविरमा सहभागी हुन क्लबले अपिल गरेको छ । निःशुल्क आँखा परिक्षण शिविरमा आवश्यक परेका बिरामीहरुलाई निःशुल्क औषधी वितरणको व्यवस्था मिलाइएको छ । आवश्यक परेका बिरामीहरुलाई सहुलियत दरमा चश्मा वितरण गरिने जनाइएको छ ।
शिविरमा मोतियाविन्दु भएका बिरामीहरुलाई दृष्टि आँखा अस्पताल पोखरा –९, नयाँबजारमा यहि मंसिर २५, २६ र २७ गते काठमाडौं र पोखराका बरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टरद्धारा अप्रेशन गरिने योजना रहेको र एस आइ सि एस विधिबाट निशुल्क अप्रेसन गरिनुका साथै फेको मेसिनबाट सहुलियत दरमा अप्रेसन गरिने क्लवका अध्यक्ष मोहन थापाले जानकारी दिए।
क्लवले यस अघि मुटु सम्बन्धी जाँच , महिलाको पाठेघरको मुखको क्यान्सर स्क्रीनिङ टेस्ट लगायत विभिन्न स्वास्थ्य जाँच गरी नागरिकलाई सेवा प्रदान गर्दै आएको छ ।














