एमालेद्वारा ‘नेसनल भोलेन्टियर फोर्स’ घोषणा, कमान्डरमा पुष्पराज श्रेष्ठ

केन्द्रभाग मिडिया

काठमाडौं।

नेकपा एमालेले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) केन्द्रीय कमान्ड घोषणा गरेको छ । काठमाडौँको माइतीघरमा आयोजित कार्यक्रममा एमाले जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले फोर्सको ११ सदस्यीय केन्द्रीय कमान्ड घोषणा गरेका हुन् ।

जनाको केन्द्रीय कमान्डर फोर्सको प्रमुखमा पुष्पराज श्रेष्ठ रहेका छन् । त्यस्तै फोर्समा दुई जना सहकमाण्डर रहने छन् । कमान्डरका सदस्यहरूमा केशव रोका, लव अधिकारी यादव,जयराम लामा, विदुर शर्मा, सागर भट्ट, सञ्जीव धिताल, विनिता काफ्ले लगायत रहेका छन् ।

  • ५ मंसिर २०८२, शुक्रबार १४:४६ प्रकाशित