प्रधानमन्त्री र गृहमन्त्रीले जेनजी आन्दोलनका सहिदका परिवारलाई उचाल्ने काम गरेको महेश बस्नेतको आरोप

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका सहिद परिवारलाई माइतीघर मण्डलामा उचाल्ने काम गरेको बताएका छन् ।

नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा सभालाई सम्बोधन गर्दै नेता बस्नेतले प्रधानमन्त्री सुशीला कार्की, सुदन गुरुङ र गृहमन्त्री ओमप्रकाश अर्यालको योजनामा एमालेको नेश्नल भोलेन्टियर फोर्सका विरुद्ध उचाल्ने काम भएको बताएका हुन् ।

‘माइतीघर मण्डलामा सहिद परिवार र घाइतेलाई उचाल्ने काम गरियो, म सुशीला आमा र ओमप्रकाशजीलाई सुझाव दिन चाहन्छु–सहिद परिवार र घाइते परिवारलाई सम्बोधन गर्ने तपाईंहरुको हैसियत छैन’, उनले भने, ‘अब चाँडै संसद् पुनर्स्थापनापछि बन्ने सर्वदलीय सरकार जहाँ जेनजीको पनि प्रतिनिधित्व हुन्छ । उनीहरूको सम्मान गर्छ, उपचार गर्छ र राहत एमालेले दिनेछ ।’

नेता बस्नेतले भोलेन्टियर फोर्स जनेजीको विरोधी नभएर जेनजीको भावनाअनुसार चल्ने र सम्बोधन गर्ने दाबी गरे ।

  • ५ मंसिर २०८२, शुक्रबार १४:४२ प्रकाशित