काठमाडौं ।
नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा गर्ने तयारीमा रहेको नेकपा एमाले समर्थित युवाहरू नागरिक उड्डयन प्राधिकरणको कार्यालय अगाडि जम्मा भएका छन् ।
एमालेका थुप्रै युवा पैदल छन् भने मोटरसाइकलमा समेत सवार देखिएका छन् ।एमालेले शुक्रबार माइतीघर मण्डलामा जम्मा भएर नयाँ बानेश्वरसम्म मार्चपास गर्दै बबरमहलको कार्की ब्याङ्क्वलेटमा भोलेन्टियर फोर्स घोषणा गर्न लागेको हो । माइतीघरमा त्यसअघि नै जेन–जी आन्दोलनका घाइतेहरू सकडकमा धर्ना दिएर बसेका छन् ।
जेन–जी आन्दोलनकै कारण सरकारबाट अपदस्त भएको नेकपा एमाले र जेन–जी युवा पछिल्लो समय एकअर्कासँग आक्रामक अभिव्यक्तिहरू दिँदै आएका छन् ।
स्थिति तनावपूर्ण हुन नदिन त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित गरिएको छ ।धर्नामा बसेका जेन–जी घाइतेहरूले आफूहरूको न्यायका लडाइ जारी रहेको जनाएका छन् ।
उनीहरूले नेपाल आमालाई न्याय खै, छानबिन आयोग कहाँ गयो, भ्रष्टाचारीलाई कारबाही खै, जेन–जीको माग पूरा भएको खै भन्ने प्रश्नसहितका प्लाइकार्ड प्रदर्शन गरेका छन् ।















