साताको अन्तिम दिन आज सुनको मूल्य घट्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा १३०० रुपैयाँ घटेर २ लाख ४१ हजार ७०० रुपैयाँ कायम भएको हो ।

यसअघि सुन बिहीबार तोलामा २ लाख ४३ हजार रुपैयाँ रहेको थियो ।

यस्तै चाँदीको मूल्य समेत घटेको छ । बिहीबार तोलामा ३ हजार १८५ रुपैयाँ कायम भएको चाँदी शुक्रबार घटेर ३१०० रुपैयाँ कायम भएको हो ।

  • ५ मंसिर २०८२, शुक्रबार ११:१३ प्रकाशित