पोखरामा मंसिर ६ र ७ गते १४ औँ युरोपेली संघ चलचित्र महोत्सव : ९ नेपाली लघु चलचित्र सामेल

केन्द्रभाग मिडिया

पोखरा ।

१४ औँ युरोपेली संघ चलचित्र महोत्सव नेपाल २०२५ को तयारी पुरा भएको छ । यहि मंसिर ६ र ७ गते पोखराको ट्रेडमलमा महोत्सव आयोजना हुने बताइएको छ ।

महोत्सवको भोलि मंसिर ५ गते साँझ उद्घाटन हुने भएको छ । महोत्सवको पहिलो दिन ६ गते शनिबार दिउँसो २ बजे ब्रिटिश काउन्सिलको सहकार्यमा ‘चलचित्र उद्योगले अब के गर्ने ?’ भन्ने शीर्षकमा छलफल हुने युरोपेली संघको नेपाल प्रतिनिधिमण्डलकी प्रेस तथा सूचना अधिकारी विद्या महर्जनले जानकारी दिइन् ।

चलचित्र महोत्सवको यस संस्करणमा २५ चलचित्र समावेश रहेको सूचना अधिकारी मर्जनले बताइन् । जसमा १० युरोपेली चलचित्र, बेलायतको बाफ्टा पुरस्कारका लागि मनोनित ६ लघुचलचित्र तथा ९ नेपाली लघुचलचित्र सामेल छन् ।

यी कृतिले पहिचान, अपनत्व, प्रतिरोध तथा रूपान्तरण आदि विषयलाई केलाएका छन् । यस संस्करणमा सामेल चलचित्रले हिम्मत, स्मृति तथा आशाका साझा सिनेमा(भाषालाई प्रतिबिम्बित गरेका छन् ।

युरोपेली चलचित्रहरूमा पोर्चुगलबाट ‘बाञ्जो’, फिनल्याण्डबाट ‘जे’भिदा’, अस्ट्रियाबाट ‘ह्याप्पी’, हंगेरीबाट ‘विथआउट एअर’ र फ्रान्स तथा इटालीबाट ‘द गर्ल फ्रम टुमरो’ छन् । संयुक्त अधिराज्यबाट बाफ्टा लघुचलचित्र प्रस्तुतिअन्तर्गत ‘वान्डर टु वोन्डर’, ‘रक पेपर सिजर्स’, ‘मग्स क्रिसमस’, ‘मिल्क’ र ‘आडिओस’ सामेल छन् ।

यसको साथै स्थानीय चलचित्रकर्मी तथा चलचित्र अध्यापन संस्थाहरूसँग सहकार्यमा छनौट गरिएका नेपाली लघुचलचित्र छन् जसमा ‘ह्वाट ग्रोज इन थारी माइलाज भेजिटेबल गार्डेन’, ‘चाँदनी’, ‘अबिस’ र ‘इटर्नल किनशिप’ आदि छन् । यी चलचित्रले सीमाका बन्धनभन्दा माथि उठेर हाम्रा साझा मानव अनुभूतिलाई उल्लासको विषय बनाउने प्रकृतिका सिनेमा(संवाद निर्माण गरेका छन् ।

१४ औँ युरोपेली संघ चलचित्र महोत्सव नेपाल २०२५ लाई फ्रान्स, जर्मनी र फिनल्याण्डका सहित काठमाडौँ र दिल्लीमा युरोपेली संघका सदस्य राष्ट्रहरूलाई प्रतिनिधित्व गर्ने दूतावास तथा सांस्कृतिक संस्थाहरू तथा ब्रिटिश काउन्सिल र युनेस्कोसँग सहकार्यमा नेपालका लागि युरोपेली संघको प्रतिनिधिमण्डलले आयोजना गरेको हो । सबै चलचित्र प्रदर्शनी निस्शुल्क रहने बताइएको छ र सबै चलचित्रमा अँग्रेजी सबटाइटल सामेल रहनेछन् ।

यी हुन् चलचित्र महोत्सवमा सामेल चलचित्र
युरोपेली चलचित्रहरू (१०)

१. बाञ्जो — पोर्चुगल

२. अस्ट्रिया — ह्याप्पी

३. फिनल्याण्ड — जे’भिदा

४.जिप्पी नो मोर — नेदरल्यान्ड्स

५. लोला — आयरल्याण्ड, संयुक्त अधिराज्य

६. रिमेम्बर टु ब्लिंक — लिथुएनिआ

७. द गर्ल फ्रम टुमरो — फ्रान्स तथा इटाली

८. द लास्ट एक्सपिडिशन — पोल्याण्ड, स्विटजरल्याण्ड

९. थ्री किलोमिटर्स टु द एण्ड अफ द वर्ल्ड — रोमेनिया

१०.विथआउट एअर — हंगेरी

नेपाली लघुचलचित्र (९)

१.चिसोघर

२. अबिस (बिनिथ द ब्लुज)

३. अर्केस्टा

४. चाँदनी

५. इटर्नल किनशिप

६. ग्राण्डमाज् म्याजिक कोम्ब

७. साइलेन्ट स्कार्स

८.द काठमाडौँ

९. ह्वाट ग्रोज इन थारी माइलाज भेजिटेबल गार्डेन

बाफ्टा लघुचलचित्र प्रस्तुति (६)

१.आडिओस

२. मिल्क

३. मग्स क्रिसमस

४. रक पेपर सिजर्स

५. स्टमक बग

६. वान्डर टु वोन्डर

  • ४ मंसिर २०८२, बिहीबार १६:३७ प्रकाशित