सिमरामा तनाव जारी : ४ सेल अश्रु ग्यास प्रहार, २ राउण्ड हवाइ फायर

केन्द्रभाग मिडिया

काठमाडौं ।

बाराको सिमरामा उत्पन्न तनावलाई नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड अश्रु ग्यास प्रहार गरेको छ । २ राउण्ड हवाइ फायर गरेको छ ।

कर्फ्युको अवज्ञा गर्दै जेनजी प्रदर्शनकारी सकडमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन बारा प्रहरीले चार राउण्ड अश्रु ग्यास प्रहार गरेको हो । त्यसैगरी २ राउण्ड हवाइ फायर भएको बाराका एसपी सन्तोष तामाङले जानकारी दिए ।

प्रदर्शन नियन्त्रणमा लिने क्रममा एक डीएसपी, इन्स्पेक्टर, असई र हवल्दार गरी चार जना घाइते भएको बताइएको छ ।

बुधबार जेनजी युवामाथि आक्रमण गर्नेलाई पक्राउ गर्न भन्दै उनीहरूले दबाब दिइरहेका छन् । प्रहरीले अहिले दुई जना वडाध्यक्षलाई पक्राउ गरेको छ ।

  • ४ मंसिर २०८२, बिहीबार १६:०३ प्रकाशित