शान्ति सुरक्षा मजबुत बनाउन मानव अधिकार आयोगको निर्देशन

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय मानव अधिकार आयोगले बाराको सिमरामा भएको घटनाबारे ध्यानाकर्षण भएको भन्दै सरकार र सरोकारवालाहरूलाई निर्देशन दिएको छ ।

बिहीबार विज्ञप्ति जारी गर्दै आयोगले शान्ति सुरक्षाको स्थितिलाई मजबुत बनाउन, आगामी दिनमा यस्ता प्रकारका घटना दोहोरिन नदिन, सबै पक्षको विचार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्ने वातावरणको सिर्जना गर्न निर्देशन दिएको हो ।

आयोगका प्रवक्ता, सहसचिव डा। टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा घटनाको छानबिन गर्न एवं घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको छ ।

आयोगले सिमरामा नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहकाबिच भएको घटना र सोपश्चात् उत्पन्न परिस्थितिको अनुगमन गरिरहेको पनि जनाएको छ ।

बाराको सिमरामा २०८२ मंसिर ३ गते नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहका बिच भएको घटना र सोपश्चात् उत्पन्न परिस्थितिप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ । आयोगले उक्त घटनाको अनुगमन गरिरहेको छ ।

  • ४ मंसिर २०८२, बिहीबार १५:३७ प्रकाशित